ब्राजिलका राष्ट्रपति बोल्सोनारोको तेस्रो कारोना परीक्षण पनि पोजेटिभ

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको तेस्रो चरणको रिपोर्ट पनि पोजेटिभ आएको छ। यद्यपि उनको स्वास्थ्य अवस्था स्थिर मानिन्छ।

राष्ट्रपतिको सञ्चार मन्त्रालयका अनुसार २१ जुलाईमा उनको तेस्रो चरणको कोरोना परीक्षण भएको थियो। यसअघि १४ जुलाईमा पनि टेस्टको रिपोर्ट पोजिटिभ आएको थियो। 

६५ वर्षीय बोल्सोनारोलाई ७ जुलाईमा पहिलो पल्ट कोरोनाको लक्षण देखा परेको थियो। यसपछि उनी नियमित उपचारमा छन्। 

ब्राजिलमा अमेरिका जस्तै कोरोना भाइरसविरूद्धको लडाईमा असावधानी अपनाएको आरोप छ। अमेरिकापछि ब्राजिल विश्वमा सर्वाधिक कोरोना प्रभावित देश हो।

यहाँ २२ लाख ३१ हजार ८ सय ७१ जना संक्रमित भेटिएका छन्, जसमा ८२ हजार ८ सय ९० जनाको निधन भइसकेको छ। अमेरिका जस्तै ब्राजिलमा मर्नेको संख्या एक लाख नाघ्ने सम्भावना प्रबल छ।

प्रकाशित मिति: : 2020-07-23 08:03:07

प्रतिकृया दिनुहोस्