भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा निरन्तर अवरोध जारी राखेकै बेला सभामुखले गृहमन्त्रीसँग भेटवार्ता गरेका छन्।
मंगलबार संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको हो।
सभामुखको सचिवालयका अनुसार भेटमा माओवादीसँग भएको दुई बुँदे सहमति र रास्वपाको सदनमा जारी अवरोध र मागका बारेमा छलफल भएको थियो।
रास्वपाले सरकारले छानबिन समिति बनाएमा गृहमन्त्रीको राजीनामाबाट तत्कालका लागि पछि हट्ने र आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने संकेत गरेको सभामुखको सचिवालयले जनाएको छ।