ब्राजिलमा एकै दिन १२ सयबढीको मृत्यु, थपिए ६७ हजार स‌ंक्रमित

 ब्राजिलमा एकै दिन कोरोना भाइरसका ६७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। 

 पछिल्लो २४ घण्टामा ब्राजिलमा ६७ हजार ८६० नयाँ संक्रमित फेला परेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख २७ हजार ५१४ पुगेको छ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ हजार ७७१ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा कोरोनाको कारण एक हजार २८४ जनाको मृत्यु भएको थियो।

अहिलेसम्म ब्राजिलमा १५ लाख ३२ हजार १३८ संक्रमित डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: : 2020-07-23 12:58:39

प्रतिकृया दिनुहोस्