कोरोना भाइरस महामारीः लकडाउन खुले पनि शरद्‌याममा नेपाल घुम्न विदेशी पर्यटक आउलान् कि नआउलान्

बिबिसी

काठमाडाैं

चार महिनापछि लकडाउन हटाउँदा सरकारले नेपालमा आसन्न शरद्‌यामको पर्यटकीय गतिविधिलाई लक्षित गर्दै पर्यटन क्षेत्र पनि खुला गरिने सङ्केत दिएको छ। तर पर्यटन व्यावसायी एवं विज्ञहरूले त्यसबारे थप स्पष्टता आवश्यक भएको औँल्याएका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले यसअघि गरिएका झन्डै ३० प्रतिशत पदयात्रा र पर्वतारोहणका बुकिङ नै रद्द नभएकोले शरदयामका लागि आफूहरू आशावादी भएको बीबीसीलाई बताए।

"लकडाउन खुलेपछि पहिलो चरणमा हामीले हिमाली भेगका पर्यटनलाई प्रोत्साहन गर्ने सोच बनाएका छौँ। त्यहाँ अहिलेको तथ्याङ्कले (त्यहाँ) सङ्क्रमण पनि निकै थोरै देखाएको छ।"

तर व्यावसायी एवं विज्ञहरूले पर्यटन निकै संवेदनशील क्षेत्र भएकाले नेपालले तय गरेका मापदण्ड र धरातलीय अवस्थाको स्पष्ट जानकारी दिने काममा जोड दिनुपर्ने बताउँछन्।

प्रकाशित मिति: : 2020-07-23 21:26:39

प्रतिकृया दिनुहोस्