वेस्ट इन्डिजसँग ३२ वर्षपछि ईङल्यान्डमा टेस्ट श्रृंखला जित्ने मौका

एजेन्सी

काठमाडौं

इङल्यान्ड र वेस्ट इन्डिजको बिच ३ टेस्ट श्रृंखला अन्तर्गतको अन्तिम खेल शुक्रवार देखि म्यानचेस्टरमा हुदैछ। वेस्टईन्डिजसँग यो खेल जितेर ३२ बर्षपछिइङल्यान्डमा टेस्ट सिरीज जित्ने मौका रहेको छ। यस अघि सन् १९८८ मा विन्डिज टोलीले इङल्यान्ड टोलीलाई ५ टेस्ट श्रृंखलामा ४–० ले पराजित गरेको थियो ।

कोरोना माहामारीको बिच जारी टेस्ट अहिले १–१ को बराबरीमा रहेको छ । श्रृंखला पहिलो टेस्टमा वेस्ट इन्डिज टोलीले ४ विकेटको जित हात पारेको थियो । दोस्रो खेलमाइङल्यान्डले शानदार प्रदर्शन गर्दै विन्डिजलाई ११३ रनले पराजित गर्दै श्रंखला बराबरी गर्यो।

इङल्यान्डका तिव्र गतिका बलर जोफ्रा आर्चर तेस्रो टेस्टमा टिम बाहिर रहन सक्छन्। बायो सुरक्षा प्रोटोकल तोड्दा आर्चर वेस्ट इन्डिजको बिरूद्ध दोस्रो टेस्टबाट बाहिरिएका थिए। उनलाई ५ दिनसम्म आइसोलेशनमा राखियो। सो क्रममा समाजिक संजालमा व्यक्तिहरूले उनीमाथि रंगभेदको बारेमा जातीय टिप्पणी गरेका थिए। जसकारण उनलाई ठुलो चोट पुग्यो र उनको मनोबल पनि टुटेको छ ।

आर्चरले डेली मेलका लागि लेखिएको एउटा स्तम्भमा भनेका छन, “म मानसिक रूपमा १०० प्रतिशत ठिकहुन आवश्यक छ ताकि मैले यो हप्ता मेरो क्रिकेटमा ध्यान दिन सकु। मैले सँधै खेलमा १०० प्रतिशत दिएको छु। म राम्रो प्रदर्शनको ग्यारेन्टी नगरेसम्म मैदानमा फर्किन चाहन्न।” पहिलो खेलपछि आर्चर बायो सुरक्षा प्रोटोकल तोडेर ब्राइटनमा आफ्नो घर गए। जसका लागि उनले टोली व्यवस्थापनबाट कुनै स्वीकृति लिएनन। यद्यपि आर्चरको दुई कोरोना टेस्ट नकारात्मक भयो र उनले तेस्रो खेल खेल्न क्लीन चिट पनि पाए।

अहिलेसम्मइङल्यान्ड र वेस्ट इन्डिजको बीचमा कुल १५९ टेस्ट खेलिएका छन। ति मध्ये इङल्यान्डले ५० खेलमा जित, ५८ खेलमा हार र ५१ खेल बराबरी खेलेको छ।इङल्यान्डले विन्डिजको बिरूद्ध घरेलु टेस्टमा खेलेको ८८ खेल मध्ये ३५ मा जित, ३१ मा हार र २२ खेल बराबरी खेलेको छ ।

प्रकाशित मिति: : 2020-07-23 23:13:55

प्रतिकृया दिनुहोस्