राप्रपाका महामन्त्री सुनिलबहादुर थापा कांग्रेस प्रवेशकाे तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा लागेका छन्।

थापा सुर्यबहादुर थापाका छोरा हुन्। उनी सुरुदेखि नै गणतन्त्रवादी नेताको रुपमा चिनिएका छन्। राप्रपा पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिएपछि थापा रुष्ट बनेका थिए।

उनले पार्टीभित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने आवाज उठाउँदै आएका छन्। तर, उनको आवाजको कुनै सुनुवाई नहुने भएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेका हुन्।

याे भन्दा अगाडी पनि थापासहितका एक दर्जन प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेकाे हल्ला चलेकाे थियाे। पार्टी प्रवेशका लागि नेता थापासँग कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले चरणवद्ध छलफल गरेका थिए।

यसअघि थापाले देउवासँग आफूलाई महामन्त्री दिन आग्रह गरेका थिए। देउवापनि उनलाई महामन्त्री बनाउन तयार रहेकाे बताएका थिए। तर, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कुनैपनि हालतमा महामन्त्री दिन नहुने अडान राखेपछि याे कुरा सेलाएकाे थियाे।

थापाले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

यता पार्टिका अध्यक्ष कमल थापाले यदि यो सत्य हो भने ५ पटक प्रधानमन्त्री बनेका राप्रपाक संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको विरासत अन्त्य हुने बताएका छन्।

उनले लेखेका छन्,‘अरू कतै शरण लिनुको सट्टा तपाई आफ्नै घरलाई सुदृढ पार्न सहयोग गर्नुहोस्।’

प्रकाशित मिति: : 2020-07-25 16:41:32

प्रतिकृया दिनुहोस्