भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा पछिल्लो तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुँदै आएको एसियाली मुलुक भारतमा आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टा ४८ हजार ४९६ जना संक्रमित भएका छन् ।

यसअघि शनिबार अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका थिए भने शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो । तीन दिनमा मात्रै भारतमा १ लाख ४५ हजार ८१० जना संक्रमित भएका छन्।

भारतमा कुल संक्रमित संख्या १३ लाख ८५ हजार ४९४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ८६ हजार २३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ६७ हजार १६३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६९० जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ९६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-26 07:55:25

प्रतिकृया दिनुहोस्