नापोलीमाथि गरेको ४ गोलले मान्यता नपाउँदा सस्सुलोको हार

एजेन्सी

काठमाडौं

 सस्सुलोले गरेको चार गोलले मान्यता नपाउँदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हात पारेको छ । 

खेलको आठौं मिनेटम नै लेफ्टब्याक इलसिडले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले चार गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउँदा पराजित हुन पुग्यो ।

सस्सुलोको चार गोलमध्ये तीन गोलमा अफसाइड देखिए पनि एक गोलमा अफसाइड देखिएको थिएन। सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन। इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जीत दिलाए। ३२औं मिनेटमा फिलिप डुरिसिसले गोल गरे पनि उनको गोलले भिएआरबाट मान्यता पाएन। उनी अफसाइड ठहरिए ।

फ्रान्सिस्को कापुटोले पास दिनुअघि नै उनी अफसाइड पोजिसनमा रहेका थिए। ३७औं मिनेटमा फिलिप डुरिसिसले अर्को गोल गरेपनि गोलले मान्यता पाएन । हामेद ट्राओरेको प्रहारलाई गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि रिवाउन्डमा फिलिप डुरिसिसले गोल गरेका थिए । तर, हामेद ट्राओरे अफसाइड पोजिसनमा रहेका थिए ।

४९औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा डोमिनिको बेरारडीलेले अर्को गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जीतसँगै नापोली ५९ अंक जोडेर सातौँ स्थानमा यथावत रहेको छ । सस्सुलो भने ४८ अंकका साथ आठौं स्थनमा रहेको छ ।

नापोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जीतमा इलसिड ह्यासाज र एलानले गोल गरे ।

प्रकाशित मिति: : 2020-07-26 08:54:05

प्रतिकृया दिनुहोस्