वेष्ट भर्जिनिया विश्वविधालयको अध्ययनले भन्यो– मुडुलो व्यक्तिलाई कोरोना संक्रमणको सम्भावना अधिक

टाउकोमा कपाल नहुने मुडुलो व्यक्तिलाई कोरोना भाइरसको संक्रमणको समस्या अत्याधिक मात्रामा हुने एउटा अध्ययनले बताएको छ। 

कपाल झर्ने समस्या भोगिरहेका मानिसलाई कोरोना संक्रमणको खतरा ४० प्रतिशत रहेको पनि अध्ययनले देखाएको छ। 

बेलायतको एउटा अस्पतालले २ हजार संक्रमितमाथि गरेको अध्ययन प्रतिवेदनले यो दावी गरेको हो। प्रतिवेदनमा हरेक पाँच व्यक्तिमध्ये एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

वेष्ट भर्जिनिया विश्वविधालयको अनुसन्धानकर्ताले गरेको यो अध्ययनमा बिरामीको उमेरको विषयमा जानकारी उपलब्ध गराइएको छैन। विशेषज्ञले हार्मोनका कारण भाइरस सहजै कोशिकामा प्रवेश गर्ने बताएका छन्। 

२ हजारमध्ये १६ सय ५ जनामा रिपोर्ट नेगेटिभ देखिएको थियो भने ३ सय ३६ जना पोजिटिभ भेटिएका थिए। सबै बिरामीको उमेर लगभग उस्तै रहेको अध्ययनले बताएको छ। 

अस्पतालमा भर्ना भएका संक्रमितमध्ये धेरैमा बढी ज्वरो आएको र सुख्खा खोकीको समस्या देखिएको थियो। वेष्ट भर्जिनिया विश्वविधालयको शोधको रिपोर्ट ‘अमेरिकन एकेडेमी अफ डर्माटोलोजी’ मा प्रकाशित छ। 

अध्ययनका लागि ४ बेग्लै समूह बनाइएको र पहिलो समूहमा कपाल भर्ने समस्या भएका व्यक्तिलाई राखिएको, दोस्रो समूहमा कपाल झर्ने सामान्य समस्या रहेका व्यक्ति र चौथो समूहमा कपाल झर्ने गम्भीर समस्या भएका व्यक्तिलाई समावेश गरिएको थियो।

प्रकाशित मिति: : 2020-07-26 14:57:18

प्रतिकृया दिनुहोस्