हरभजनको घरको बिजुलीको बिल ३३,९०० रुपैयाँ!

एजेन्सी

मुम्बई

भारतीय अफ स्पिनर हरभजन सिंहले घरको बिजुलीको बिललाई लिएर असन्तुष्टी जाहिर गरेका छन्। 

उनले विधुत प्राधिकरणले पठाएको बिल आफ्नो सोशल मिडिया ट्वीटरमार्फत सार्वजनिक गर्दै लेखेका छन्– यति धेरै बिल, पुरै बस्तीको लेखेर दिएको हो कि क्या हो?’

हरभजनले मुम्बईस्थित आफ्नो घरको बिल ३३ हजार ९ सय रुपैयाँ आएको बताएका छन्। जस प्रति उनले असन्तुष्टी जाहेर गरे। 

पछिल्लो समय महाराष्ट्रमा बिजुलीको बिल सबैको बढेर आएको छ।हरभजन बाहेक अन्य सेलिब्रिटीले पनि घरको बढ्दो बिजुली बिलको विषयमा सोशल मिडियामा तीखो ब्यंग गरेका थिए। 

हरभजनले भारतका लागि १ सय ३ टेस्टमा ४ सय १७ विकेट लिएका छन्। उनी २०१६ देखि भारतीय टिममा समावेश छैनन्। उनी आइपीएल अन्तर्गत चेन्नई सुपर किङ्समा आवद्ध छन्।

प्रकाशित मिति: : 2020-07-26 15:23:32

प्रतिकृया दिनुहोस्