होल्डर २ हजार रन र सय विकेट लिने वेष्ट इन्डिजका तेस्रा अलराण्डर

वेष्ट इन्डिजका अलराउण्डर कप्तान जेसन होल्डरले टेस्टमा २ हजार रन पुरा गर्ने र सय विकेट लिने कीर्तिमान बनाएका छन्।  

उनले इंग्ल्याण्डविरूद्ध तेस्रो टेस्टमा ४६ रन बनाएपछि दुई हजार रन पुरा गरेका हुन्। उनी टेस्टमा २ हजार रन र सय विकेट पुरा गर्ने देशको तेस्रो अलराउण्डर बनेका छन्। 

होल्डरको नाममा १ सय १४ टेस्ट विकेट छ। यसअघि पूर्व कप्तान ग्यारी सोबर्स र कार्ल हुपरको नाममा यो कीर्तिमान थियो। इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको तीन वटा टेस्टको शृंखलामा वेष्ट इन्डिज १–० ले अगाडि छ। 

अन्तिम टेस्टको तेस्रो दिन वेष्ट इन्डिज ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएर खेलिरहेको छ। होल्डर ४६ रन बनाएर स्टअर्ट ब्रोडको बलमा एलबीडब्ल्युको शिकार भएका थिए। 

उनले सेनसँग मिलेर ७ औं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। इंग्ल्याण्ड पहिलो इनिङमा ३ सय ६९ रन बनाएर अलआउट भएको थियो।

प्रकाशित मिति: : 2020-07-26 17:59:04

प्रतिकृया दिनुहोस्