लिभरपुल, आर्सन र टोटेनह्यामकाे जित

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा लिग च्याम्पियन लिभरपुल र आर्सनलले जित निकालेको छ।

आइतबार राति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। यता लिभरपुलले न्युकासल युनाइटेडमाथि ३-१ को पुनरागमन जित निकाल्याे।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे। केइरन टिर्नेएले थप एक गोल गरे।

वाट्फोर्डका डानी वेलब्याक र ट्रोय डेनीले एक/एक गोल फर्काए।

जितसँगै आर्सनलले ५६ अंक जोडेर आठौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ। वाट्फोर्ड भने ३४ अंक जोडेर रेलिगेसनमा परेको छ।

यता डीवाइट गेलले गोल गर्दै न्युकासलका लागि गार्ल गरे भने भिर्गिल भान डाइक, डिभोक ओरिगी र साडियाे मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए।

जितसँगै लिभरपुलले ३८ खेलमा ९९ अंक जोड्दै प्रिमियर लिगको उपाधि जितेको छ। लिभरपुलले ३० वर्षपछि उपाधि जितेको हो।

यस्तै टोटेनह्याम अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको छ।

टोटेनह्यामका ह्यारी केनले एक गोल गरे। क्रिस्टलका जेफ्रीले एक गोल फर्काए।

बराबरीसँगै टोटेनह्याम छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। टोटेनह्याम ५९ अंक जोड्यो।

क्रिस्टल ४३ अंक जोडेर १४ औं स्थानमा रह्यो।

प्रकाशित मिति: : 2020-07-27 05:43:18

प्रतिकृया दिनुहोस्