लेस्टरका भार्डीलाई ‘गोल्डेन बुट’

एजेन्सी

काठमाडाैं

प्रिमियर लिग फुटबलमा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले गोल्डेन बुट जितेका छन्। सिजनमा सर्वाधिक गोल गरेर उनले गोल्डेन बुट जितेका हुन्।

३३ वर्षका भर्डीले यो सिजन लिगमा २३ गोल गरे। उनी प्रिमियर लिगमा सबैभन्दा बढी उमेरमा गोल्डेन बुट जित्ने खेलाडी बनेका छन्।

अन्तिम खेलमा भार्डीले समेत युनाईटेडविरुद्ध गोल गर्न सकेनन्। निर्णायक खेलमा लेस्टरले घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडसँग २-० को हार ब्यहोर्यो। 

हारसँगै लेस्टर समयमा च्याम्पियन्स लिगमा छनोट गराउन भने सकेनन्। यद्यपी आर्सनलका पिएर एमरिक तथा साउथह्याम्पटनका ड्यानी इनग्सलाई पछि पारेर भार्डीले गोल्डेन बुट जिते।

यता एमरिक र इनग्सले समान २२/ २२ गोल गरे। प्रिमियर लिगमा गोल्डेन बुट जित्ने भर्डी नवौँ इंग्लिस खेलाडी बनेका छन्।

गएको सिजन लिभरपुलका साडिओ माने र मोहम्मद सालह तथा आर्सनलका पिएर एमरिकले समान २२ गोल गरेर संयुक्त रुपमा गोल्डेन बुट जितेका थिए।

प्रकाशित मिति: : 2020-07-27 06:54:01

प्रतिकृया दिनुहोस्