राहुलको फेरि आरोपः चीनले भारतको जमिन कब्जा गर्दा प्रधानमन्त्री किन मौन?

प्रतिपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धीले एक पल्ट फेरि सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) माथि आरोप लगाउँदै चीनले भारतको जमिन कब्जा गरेको बताएका छन्। 

उनले बिजेपीले देशको सीमा सुरक्षा गर्न नसकेको आरोप लगाउँदै सोमबार भने, ‘देशसँग साँचो कुरा लुकाउने र चीनलाई जमिन कब्जा गर्न दिनु भनेको देशद्रोह हो।’ 

उनले देशको विषयमा आफूले साँचो कुरा बोलिरहने बताए। ‘मेरो राजनीतिक करिअर समाप्त नै किन नहोस् म साँचो कुरा बोलिरहन्छु,’ उनले भने।

No description available.

राहुलले आफ्नो नयाँ भिडियोमा भारतको सीमामा चीनले गरेको कब्जाको विषयमा जनतासँग बोल्नु साँचो अर्थमा देशभक्ति हो। 

उनले चीनसँगको सीमा विवादमा प्रधानमन्त्री नरेन्द्र मोदीले कुरा लुकाउँदा झन् भारतको स्थिति कमजोर भएको बताए। 

उनले चिनियाँ भारतको सीमा भित्र प्रवेश गरेको र यसले आफूलाई बिचलित तुल्याएको बताए। ‘मेरो रगत उम्लिने गर्छ, जब कुनै देशले हाम्रो सीमामा प्रवेश गरेर हाम्रो जमिन कब्जा गर्छ भने,’ उनले भने।

प्रकाशित मिति: : 2020-07-27 18:00:49

प्रतिकृया दिनुहोस्