अब सिटौला पनि माननीय

समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद सरिता गिरीलाई कारवाही गरेपछि सिटौलालाई निर्वाचित गरेको जानकारी सोमबार निर्वाचन आयोगले संसदलाई दिएको थियो।

सरिता गिरीलाई कारवाही गरेपछि रिक्त रहेको समानुपातिक तर्फको सांसद पदमा सिटौलालाई नियुक्त गर्न सामाजवादी पार्टीले संघीय संसदलाई सिफारिस गरेको थियो।

नेपालले लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि त्यसलाई संविधानमा समेट्न संविधान संशोधन गर्दा गिरी त्यसबिरुद्ध उभिएपछि पार्टीले उनलाई कारवाही गरेको हो।

प्रकाशित मिति: : 2020-07-29 13:43:12

प्रतिकृया दिनुहोस्