कोरोना पोजिटिभ पाइएको कुकुरको मृत्यु

अमेरिकाको न्युयोर्क शहरमा रहेको स्टाटेन टापुमा बस्ने बड्डी नामक सात वर्षको कुकुरको कोभिडका कारण मृत्यु भएको छ । 

नेसनल जियोग्राफिकमा बुधवार छापिएको एक लेखमा कुकुर पाल्ने माहोने परिवारले अप्रिल महिनाको मध्यतिर बड्डीलाई स्वास्थ्यमा समस्या आएको र उसलाई सास फेर्न गाह्रो परेको बतायो । बड्डीको नाकमा बाक्लो सिँगान थियो ।

बड्डीका मालिक रोबर्ट माहोने आफैं तीन हप्तादेखि कोभिड–१९ बाट पीडित थिए । कोरोनासँग संघर्ष गरिरहेका रोबर्टले कुुुकुरमा पनि त्यस्तै लक्षण देखिएको थाहा पाए । 

बड्डीलाई हेर्ने व्यावसायिक पशुचिकित्सक पाउन नै माहोने परिवारलाई गाह्रो परेको थियो । 

एक स्थानीय क्लिनिकले बड्डीलाई दिने एन्टीबायोटिकको सूचना फोनबाटै दियो । तर कोभिड–१९ को परीक्षण सामग्री उससँग थिएन । बड्डीलाई एन्टीबायोटिक दिएको भए पनि उसको स्वास्थ्यस्थिति बिग्रँदै गयो र उसलाई सास फेर्न नै गाह्रो हुन थाल्यो । उसलाई बिस्तारै भोक लाग्न पनि छोड्यो । 

जुलाई ११ मा रगत बान्ता गर्दै बड्डीको ज्यान गयो ।

प्रकाशित मिति: : 2020-07-31 11:40:16

प्रतिकृया दिनुहोस्