भारतमा कोरोना संक्रमणले नयाँ कीर्तिमान रच्दै

एजेन्सी

मुम्बई

भारतमा कोरोना भाइरस संक्रमितको संख्याले दिनदिनै नयाँ–नयाँ कीर्तिमान बनाउन थालेको छ। बिहीबार र शुक्रबार २४ घण्टाको बीचमा भारतमा सबैभन्दा बढी ५५ हजार ७८ नयाँ संक्रमित फेला परेका छन्। 

भारतमा हालसम्म १६ लाख ३८ हजार ८ सय ७० संक्रमित फेला परिसकेका छन्। यो संख्या अझ बढ्ने देखिएको छ। हालसम्म भारतमा कोरोनाका कारण ३५ हजार मानिसको निधन भइसकेको छ। पछिल्लो २४ घण्टामा ७ सय ७९ जनाको निधन भएको थियो। 

भारतमा कोरोना मुक्त हुने संख्या ६४ दशमलव ५४ प्रतिशत रहेको छ। हालसम्म १० लाख ५७ हजार ८ सय ५ जना निको भइसकेको स्वास्थ्य विभागले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-31 15:29:31

प्रतिकृया दिनुहोस्