सत्याग्रहीहरुसँग भएको सहमति सरकारले कार्यान्वयन गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका ‘ईनफ इज ईनफ’ अभियानका अभियान्ताको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन्। काठमाडौंको बसन्तपुर पुगी थापाले ‘इनफ इज इनफ’ अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन्।

सत्याग्रहीसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न थापाले जोड दिएका छन्। ‘इनफ इज इनफ’ अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा गरे।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं उपत्यकासँगै मुलुकका ठूला शहरमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको भन्दै सरकारको आलोचना गरे।

थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्र बहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी थिए ।  

प्रकाशित मिति: : 2020-07-31 18:11:05

प्रतिकृया दिनुहोस्