दक्षिणी अफ्रिकी क्रिकेट टिमको वेष्ट इण्डिज भ्रमण अन्योलमा

एजेन्सी

काठमाडौं

कोरोना भाइरस संक्रमणको कारण देखाउँदै दक्षिण अफ्रिकी क्रिकेट टिमको वेष्ट इन्डिज भ्रमण अनिश्चित भएको छ ।

दक्षिण अफ्रिकाले अगस्टमा वेष्ट इण्डिजसँग दुई खेलको टेस्ट र पाँच टी-ट्वान्टी खेल्ने तालिका रहे पनि अफ्रिकी टोलीको भ्रमण नै अन्योलमा परेपछि खेल पनि अनिश्चित भएको छ ।

दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण पनि स्थगित भइसकेको छ । दक्षिण अफ्रिकाले श्रीलंकासँग जुन महिनामै तीन एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने तालिका थियो ।

प्रकाशित मिति: : 2020-08-02 08:26:47

प्रतिकृया दिनुहोस्