चिरो इम्मोबिलले जिते सिरी ए र युरोपियन गोल्डेन बुट

एजेन्सी

काठमाडौं

इटालियन फुटबल चिरो इम्मोबिलले सिरी ए र युरोपियन गोल्डेन बुट जितेका छन् । लाजियोका ३० बर्षिय फरवार्ड इम्मोबिलले सिरी ए मा यस सिजनमा ३६ गोल गर्दै सिरी ए को गोल्डेन बुटको अवार्ड जितेका हुन् ।

गएराति सम्पन्न लिगको अन्तिम खेलमा लाजियोले नापोलीसँग ३-१ गोलले पराजित हुँदा लाजियोका लागि एक गोल इम्मोबिलले गरेका थिए ।

सिरी ए मा इम्मोबिलपछि क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरे । इम्मोबिलले २०१५-१६ सिजनमा गोन्जालो हुगैनले सिरी ए मा गरेको ३६ गोलको बराबरी समेत गरेका छन् ।

त्यसैगरी इम्मोबिलले युरोपियन गोल्डेन बुट समेत जितेका छन् । उनले जर्मनीका रोबेर्ट लेवानडोस्कीलाई पछि पर्दै युरोपियन गोल्डेन बुट जितेका हुन् । लेवानडोस्कीले यस सिजनमा बायर्नका लागि ३४ गोल गरेका थिए । त्यस्तै रोनाल्डो ३१ गोलसहित तेस्रो स्थानमा रहेका छन् ।

पछिल्लो ३ सिजनमा लियोनेल मेसीले युरोपियन गोल्डेन बुट जितेका थिए । मेसीले पछिल्लो १० बर्षमा ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन् । त्यस्तै रोनाल्डोले ३ पटक जितेका छन् भने लुइस स्वरेजले २ पटक जितेका छन् । रोनाल्डो र स्वरेजले २०१३-१४ मा युरोपियन गोल्डेन बुट सँगै जितेका थिए ।

योसंगै लाजियोले यस सिजनमा ३८ खेलमा ७८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको सिरी ए सकाएको छ ।

प्रकाशित मिति: : 2020-08-02 08:34:01

प्रतिकृया दिनुहोस्