आयरल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलमा इङ्ल्यान्ड विजयी

एजेन्सी

काठमाडौं

ओपनर जोनी बेयरिष्टोले ४१ बलमा ८२ बनाएपछि इङ्ल्यान्डले आयरल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा चार विकेटको विजय हासिल गरेको छ। जितसँगै तीन खेलको शृंखलामा इङ्ल्यान्डले २-० को अग्रता लिएको छ। 

साउथह्याम्पटनमा टस जिटेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनाएको थियो। २१३ रनको लक्ष्य घरेलु टीमले ३२.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। 

इङ्ल्यान्डका एडिल रसिदले ३४ रन दिएर तीन विकेट लिए। यससँगै एकदिवसीय अन्तर्राष्ट्रियमा रसिदको १५० विकेट पूरा भएको छ। रसिदबाहेक डेबिड विले र सकिब महमुदले समान दुई विकेट लिँदा रिसे टोप्ले र जेम्स भिन्सको नाममा एक एक विकेट रह्यो। 

आयरल्यान्डका लागि कर्टिस कम्फरले ६८, सिमि सिंहले २५, एन्डी म्याकब्रिनले २४ तथा लोर्कान टकरले २१ रन बनाए। 

इङ्ल्यान्डका बेयरिस्टोले १४ चौका र २ छक्कासहित ८२ रन बनाए। उनले २१ बलमा अर्धशतक बनाउँदै कीर्तिमानीसँग बराबरी गरेका छन्। बेयरिस्टो, मोइन अली र कप्तान इयान मोर्गान शून्यमा आउट हुँदा विलेले ४७, साम विलिङ्सले ४६ रन बनाए। 

आयरल्यान्डका जोस लिट्लेले तीन तथा कम्फरले दुई विकेट लिए।

प्रकाशित मिति: : 2020-08-02 09:07:35

प्रतिकृया दिनुहोस्