पाकिस्तानले परिवर्तन गर्यो काश्मिर हाईवेको नाम, अब श्रीनगर हाईवे

एजेन्सी

इस्लामाबाद

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले इस्लामाबादको काश्मिर हाईवेको नाम परिवर्तन गरेर श्रीनगर हाईवे बनाएको जानकारी दिएका छन्। 

भारतले ५ अगस्टमा जम्मु तथा काश्मिरमा लागु धारा ३ सय ७० हटाएको थियो। काश्मिरको राजधानी श्रीनगर हो। कुरैशीले पाकिस्तानको लक्ष्य श्रीनगरसम्म पुग्ने रहेको बताउँदै ५ अगस्टमा कालो दिन मनाउने तयारी भएको बताए।

‘हामी यही हाईवे भएर निकट भविष्यमै श्रीनगर पुग्दैछौं,’ कुरैशीले भने, ‘भारतले जम्मु–काश्मिरमा धारा ३ सय ७० हटाएको दिन ५ अगस्टमा पाकिस्तानभरि कालो दिन मनाउने तयारी भएको छ।’

पाकिस्तानको राजधानी इस्लामाबादको प्रमुख हाईवे, जसलाई श्रीनगर नामाकरण गरिएको छ, यसको लम्बाई २५ किलोमिटर छ।

प्रकाशित मिति: : 2020-08-02 17:43:46

प्रतिकृया दिनुहोस्