भारतको लद्दाख सीमा क्षेत्रमा चीनको बम्बर विमान

चीनले भारतको सीमा नजिकै लद्दाखमा सैन्य उपस्थिति बलियो बनाएको छ।

चीनले ले लद्दाख नजिकै वास्तविक नियन्त्रण रेखा (एलओसी) नजिकै बम्बर विमान तैनाथ गरेको छ।

ओपन इन्टेलिजेन्स सोर्स डेट्रिस्फाको सेटलाइट इमेजअनुसार चिनियाँ सेनाले कासगर एयरपोर्टमा बम्बर विमानलगायत अन्य सैन्य उपकरण पनि राखेको छ।

सेटलाइट इमेजमा १२ सियान जेएच–७ फाइटर बम्बर, जसमा दुईवटामा पेलोड जडान गरिएको छ। यस्तै, सेनयाङ जे ११।१६ फाइटर प्लेन, जसको मिसाइल हान्ने क्षमता ३५ सय ३० मानिन्छ, यो पनि तयारी अवस्थामा राखिएको छ।

एच–६ बम्बर विमान निकै खतरनाक मानिन्छ। यो विमानले परमाणु हतियार बोक्ने काम गर्छ र यसको मार हान्ने क्षमता ६ हजार किलोमिटर मानिन्छ। लद्दाखदेखि चीनको सैन्य क्याम्पको दूरी ६ सय किलोमिटरमा रहेको छ।

चीनले एच–६ जे र एच–६ जी विमानसँगै दक्षिण चीन सागरमा ड्रिल गरेको थियो।

चीनसँग सेनयाङ २५ किमी प्रति घण्टाको वेगमा उडन सक्ने प्लेन २ सय ५० को हाराहारीमा छ। यो प्लेन रुसको एसयू २७ एसकेको लाइसेन्स भर्जन हो।

यो प्लेन हवाई र जमीन मुनिबाट प्रहार गर्न सक्षम मानिन्छ। प्लेनमा ३० मिलिमिटरको क्यानन पनि जडान गरिएको छ। चीनले तनावग्रस्त सीमा नजिकै ८ वटा एयरबेस र हेलिप्याडलाई सक्रिय बनाएको छ।

प्रकाशित मिति: : 2020-08-02 18:00:18

प्रतिकृया दिनुहोस्