लगानी बोर्डको सिइओमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्ट नियुक्त भएका छन्।

मन्त्रिपरिषदकाे सोमबार बसेको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको स्राेतले जनाएकाे छ।

उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि हुन्।

शुक्रबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ४ जनाले अन्तर्वार्ता दिएका थिए। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको टोलीले भट्ट, लगानी विज्ञ डा सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र पूर्वसहसचिव लक्ष्मिविलास कोइरालासँग अन्तर्वार्ता लिएको थियो।

 

प्रकाशित मिति: : 2020-08-03 20:06:50

प्रतिकृया दिनुहोस्