वामदेवलाई भेट्न अध्यक्ष प्रचण्ड भैँसेपाटी पुगे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास भैँसेपाटी पुगेका छन्।

पार्टीभित्रको शक्ति संघर्षमा कहिले अध्यक्ष केपी शर्मा ओली त कहिले प्रचण्ड पक्षममा उभिदै आएका गौतम जता उभियो उतै सचिवालयमा बहुमत पुग्ने अवस्था छ। त्यसैले नेकपाको शक्ति संघर्षमा गौतमलाई निर्णायक मानिन्छ। 

त्यसैले आफ्नो पक्षमा पार्न दाहाल उनको निवासै पुगेका हुन्। अहिले गौतम प्रचण्ड पक्षमा छन्। आइतबारको भेटमा ओलीले अब पार्टीका सबै समस्या सचिवालयबाटै टुंग्याउनुपर्ने प्रस्ताव गरेका थिए।

तर प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने मतमा उभिएका छन्। तर गौतम साउन १३ गते विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीकै पक्षमा उभिएका छन्।

गौतमका कारण  सचिवालयमा बहुमत पुग्ने अवस्था नदेखिएपछि  उनलाई आफूतिर तान्न प्रचण्ड लागि परेका छन्। 

प्रकाशित मिति: : 2020-08-04 12:34:27

प्रतिकृया दिनुहोस्