१० वर्षपछि पाकिस्तानलाई घरेलु मैदानमा हराउने इंग्ल्याण्डको दाउ

कोरोना भाइरसको संक्रमणका बीच इंग्ल्याण्ड आफ्नो दोस्रो टेस्ट शृंखला बुधबादेखि पाकिस्तानविरूद्ध खेल्दै छ। म्यानचेस्टरको ओल्ड ट्राफोड मैदानबाट सुरु हुने यो शृंखला इंग्ल्याण्डका लागि निकै महत्वपूर्ण मानिएको छ। 

इंग्ल्याण्डले विगत १० वर्षदेखि पाकिस्तानलाई टेस्ट शृंखलामा हराउन सकेको छैन। यस्तै घरमा ६ वर्षदेखि कुनै शृंखला जितेको छैन। 
पाकिस्तान र इंग्ल्याण्डबीच ३ टेस्टको शृंखला हुँदैछ। 

इंग्ल्याण्डले सन् २०१० को जुलाईमा पाकिस्तानविरूद्ध ३–१ ले घरेलु शृंखला जितेको थियो। यसबीच दुबै टिमले ४ वटा टेस्ट शृंखला खेलिसकेका छन्। 

सन् २०१२ र २०१५ मा युएईमा भएको दुई वटा शृंखला पाकिस्तानले जितेको थियो। इंग्ल्याण्डमा भएको २०१६ र २०१८ को शृंखला भने ड्र भएको थियो। 

इंग्ल्याण्डले कोरोना महामारीका बीच १ सय १७ दिनपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई २–१ ले हराएको थियो। वेष्ट इन्डिजलाई तीन टेस्टको शृंखलामा हराउने खेलाडी नै पाकिस्तानविरूद्ध उत्रिने इंग्लिस क्रिकेट बोर्डले बताइसकेको छ। 

वेष्ट इन्डिजविरूद्ध ४ इनिङमा १६ विकेट लिँदै स्टुअर्ट ब्रोडले करिअरको ५ सय टेस्ट विकेट पुरा गरेका थिए। 

इंग्ल्याण्डले घरमा विगत ६ वर्षदेखि टेस्ट शृंखला हारेको छैन। जसमा १२ टेस्ट भउको थियो। ८ मा जित निकालेको इंग्ल्याण्ड ४ टेस्टलाई बराबरीमा राख्न सफल भएको थियो। 

इंग्ल्याण्ड र पाकिस्तानबीच हालसम्म ८३ टेस्ट भएको छ, जसमा घरेलु टोली २५ मा विजयी भएको छ। २१ खेलमा उसको हार भएको छ। 

३७ खेल बराबरीमा टुँगिएको थियो। पाकिस्तान इंग्ल्याण्डमा ५३ मध्ये २३ खेलमा पराजित भएको छ। १२ मा हराएको छ र १८ खेल बराबरीमा टुँगिएको थियो।
 

प्रकाशित मिति: : 2020-08-04 17:25:47

प्रतिकृया दिनुहोस्