खेलाडीमा कोरोना देखिएपछि फ्रान्सको दुई क्लबबीचको फुटबल स्थगित

एजेन्सी

पेरिस,

कोरोना भाइरसको आशंकाका बीच फ्रान्सका दुई क्लब मार्सेई र मोन्टेपिलरबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ। 

दुबै क्लबले संयुक्त विज्ञप्ती प्रकासित गर्दै बुधबार भेलोड्रोममा हुने भनिएको खेल स्थगित गरिएको जनाएको छ। स्थानीय पत्रिका मिडी लिब्रेका अनुसार मोन्टेपिलरका खेलाडी, जसको नाम सार्वजनिक गरिएको छैन, उनीहरूलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको थियो। 

पूरै टिमको कोरोना परीक्षण सोमबार गरिएको थियो लर उनीहरूको अर्को परीक्षण यसै साता गरिने पत्रिकाले जनाएको छ। मोन्टेपिलरले तयारीका लागि खेल्न लागेको मैत्रीपूर्ण खेल गत महिना पनि स्थगित गर्नु परेको थियो, जब स्थानीय प्रतिद्धन्द्धी क्लब सेटेका खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। 

मिडी लिब्रेका अनुसार मोन्टेपिलर एकेडेमीका ४ जना युवा खेलाडीमा गत साता कोरोना सकारात्मक देखिएको थियो। फेन्च लिग २१ अगस्टदेखि सुरु हुँदैछ।

प्रकाशित मिति: : 2020-08-04 18:25:55

प्रतिकृया दिनुहोस्