सान्चोलाई क्लबमा भित्र्याउन म्यानचेस्टको पहल

बोरुसिया डर्टमुण्डबाट व्यवसायिक फुटबल खेलिरहेका इंग्ल्याण्डका जाडोन सान्चोलाई क्लबमा भित्र्याउने प्रक्रिया म्यानचेस्टर युनाइटेडले सुरु गरेको छ।

बेलायती मिडियाले जनाएअनुसार सोमबार म्यानचेस्टरले पाँच वर्षको अनुबन्धका लागि कुरा अगाडि बढाएको छ। यस विषयमा दुई क्लबबीच १ सय १० मिलियन पाउण्डको सम्झौंता हुन सक्ने सम्भावना रहेको छ। यदी यो सम्भव भए बेलायती फुटबलको कीर्तिमानी अनुबन्धित रकम हुनेछ। 

सान्चोको अनुबन्ध डर्टमुण्डसँग २०२२ को अन्त्यसम्म छ। उनी गत सिजन जर्मनी क्लबको सर्वाधिक गोलकर्ता भएका थिए। उनले लिगमा १७ गोल गर्नुका साथै १६ वटा गोलका लागि पास मिलाएका थिए। डर्टमुण्डले जर्मनी बुन्डेसलिगामा च्याम्पियन वायर्न म्युनिखपछि दोस्रो स्थानमा लिगको अन्त्य गरेको थियो।

प्रकाशित मिति: : 2020-08-04 18:26:47

प्रतिकृया दिनुहोस्