अनलाइन कक्षा कति घन्टा चलाउने? अमेरिका-भारतमा निर्देशिका, नेपालमा आफूखुसी

कोरोना महामारीले पठनपाठन बन्द भएपछि स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। तर कुन उमेर समूहका केटाकेटीलाई कति समय कम्प्युटर, मोबाइल स्क्रिन अगाडि राख्ने भन्ने अन्योल छ।

साना केटाकेटीलाई लामो समय स्क्रिनअघि राख्नु उनीहरुको मानसिक स्वास्थ्यका लागि हानिकारक हुने विभिन्न अध्ययनले देखाएका छन्। भौतिक कक्षाको विकल्पमा अनलाइन सुरू भएपछि नानीबाबुलाई कति समय यस्ता कक्षामा सहभागी गराउने भन्ने बहस संसारभर सुरू भएको छ।

यही विषय मध्यनजर गर्दै भारतीय मानव संसाधन विकास मन्त्रालयले अनलाइनमा कुन उमेरका विद्यार्थीलाई कति समय अनलाइन कक्षामा राख्ने र के-कस्ता विषयवस्तु समावेश गर्ने भनेर निर्देशिका नै जारी गरेको छ।

केटाकेटीलाई लामो समय अनलाइन कक्षामा राख्नु ठीक नभएको ठहर गर्दै मन्त्रालयले उक्त निर्देशिका जारी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-04 22:25:06

प्रतिकृया दिनुहोस्