ईङल्यान्ड बिरुद्व टेस्टको लागि पाकिस्तानी टोलीको घोषणा

एजेन्सी

काठमाडौं

पाकिस्तान क्रिकेट बोर्डले अगस्ट ५ देखी म्यान्चेस्टरमा हुने पहिलो टेस्टको लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । बोर्डले टोलीमा २ विकेट किपर मोहम्मद रिजवान र सरफराज सहित नशीम शाह र शाहेन अफ्रीदीलाई पहिलो टेस्टको लागि टोलीमा सामेल गरेको छ ।

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले अगस्ट ५ देखी म्यान्चेस्टरमा हुने पहिलो टेस्टको लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । बोर्डले टोलीमा २ विकेट किपर मोहम्मद रिजवान र सरफराज सहित नशीम शाह र शाहेन अफ्रीदीलाई पहिलो टेस्टको लागि टोलीमा सामेल गरेको छ ।

पाकिस्तान र ईङल्यान्ड टोलीले एकअर्का बिरुद्व ३ टेस्ट र ३ टि २० खेल खेल्नेछ । तिन खेलको टेस्ट सिरीज विश्व टेस्ट च्याम्पियनशिप अनतर्गतको खेल रहेको छ । यसअघि पाकिस्तानले टेस्ट सिरीजको लागि सन २०१६ मा ईङल्यान्ड भ्रमण गरेको थियो । चार खेलको उक्त सिरीज २–२ ले बराबरी भएको थियो ।

प्रकाशित मिति: : 2020-08-04 23:28:03

प्रतिकृया दिनुहोस्