सात दिन देखि सडकमा

भजनी वडा नम्वर ८ काडाढिकका भीम बहादुर जनाला छ जनाको परिवार सहित सात दिन देखि हुलाकी सडकमा पाल टाँगेर वसेका छन।  गत बुधवार एक्कासी नदीको बाढी वस्तीमा पसेर घर डुवाएपछि ज्यान जोगाएर श्रीमती र छोरा छोरी सहित उनी सडकमा आएर वसेका हुन। डुवान परेको पानी सुकेर घर फर्कने दिनको पखाई वस्दा वस्दै ७ दिन भैसकेपनि घर कहिले फर्कने भन्ने टुंगो छैन।‘घरको पानीको सुकेको छैन, काठको खम्वा हालेर बनाएको कच्ची घर पनि बाढीले पुरै मख्खीसकेको छ’उनले भने,‘पानी सुकेपछि पनि मख्खिीसकेको घरमा मर्मत नगरि वस्न गाह्रो छ।’ विस्थापित भएर सडकमा आएपछि सोमवार ६ दिनसम्म चाउचाउ र चिउराकै भरमा परिवार वसेको उनले सुनाए।‘घरवाट केहि समान ल्याउन पाएनौं, सडकमा वसेपछि राहात पाइएको चाउचाउ र चिउरा मात्रै हिजो सम्म खाएर काट्यौं’उनले भने,‘हिजो सोमवार साँझ मात्र १० के.जीं चामल र दाल पाइयो।’

भजनी ८ कै ध्वज बहादुर बि.क. पानी एक्कासी आगनमा आएर घर नै डुवाउन थालेपछि सवै समान छोडेर ४ जनाको परिवार लिएर हुलाकी सडकमा पुगे।‘शुरुका २४ घण्टा त केहि खान नपाएर भोकभोकै वसे’उनले भने,‘पछि चाउचाउ र चिउरा पाइएपछि त्यहि खाएर वस्यौं।’ हिजो साँझ चामर र दाल पाइएपछि ६ दिनपछि दातभात खान पाएको उनले बताए। घरमा पानी नसुकेकोले अझै सडकमै वस्नु परेको उनले सुनाए।

प्रकाशित मिति: : 2020-08-05 07:41:36

प्रतिकृया दिनुहोस्