प्ले अफ च्याम्पियन हुँदै फुलहम प्रिमियर लिगमा बढुवा

एजेन्सी

काठमाडौं

जोए ब्रायनले अतिरिक्त समयमा दुई गोल गरेपछि फुलहमले च्याम्पियन्ससिपको प्ले अफमा ब्रेन्टफोर्डलाई हराउँदै प्रिमियर लिगमा बढुवा भएको छ।

वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलमा फुलहमले ब्रेन्टफोर्डमाथि २–१ ले पराजित गर्दै प्रिमियर लिगमा फर्किएको हो। सबै तीन गोल अतिरिक्त समयमा नै सम्भव भएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलका केही अवसरहरु खेलर फाल्दा खेल अतिरिक्त समयका लम्बिएको थियो । अतिरिक्त समयको १०५औं मिनेटमा ब्रायनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै फुलहमलाई अग्रता दिलाए।

११७औं मिनेटमा ब्रायनले एलेक्सन्डर मिट्रोभिकको पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि फुलहम जिततर्फ अग्रसर बनेको थियो । अन्तिम समयमा ब्रेन्टफोर्डका हेनरिक डाल्सगार्डले गोल गरे पनि हार टान सकेनन्।

फुलहम रेलिगेसनमा परेको एक सिजन पछि नै प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो। फुलहम २०१८–१९ को सिजनमा दोस्रो डिभिजनमा घटुवा भएको थियो। फुलहम २०१४ देखि २०१८ सम्म च्याम्पियनसिपमा रहेको थियो ।

२०१८ मा सिधै प्रिमियर लिगमा बढुवा हुने मौका गुमाएको फुलहमले इएफएल च्याम्पियनसिप प्ले अफ फाइनलमा एस्टन भिल्लालाई पराजित गर्दै प्रिमियर लिगमा बढुवा भएको थियो ।

च्याम्पियससिपबाट यो सिजन लिड्स र बेस्ट ब्रुम अल्वियोन सिधै छनोट हुँदा एक स्थानको लागि चार टोली (ब्रेन्टफोर्ड, फुलहम, कार्डिफ सिटी र स्वान्सी सिटी) बीच प्ले अफमा प्रतिस्पर्धा भएको थियो।

प्रकाशित मिति: : 2020-08-05 08:43:39

प्रतिकृया दिनुहोस्