रामगोपाल बर्माले अर्नव गोस्वामीमाथि ‘अर्नव, द न्युज प्रोस्टिच्युट’ बनाउँदै

एजेन्सी

मुम्बई

भारतीय निर्देशक राम गोपाल बर्माले भारतीय न्युज च्यानल रिपब्लिक टिभीका सम्पादक तथा समाचार प्रस्तोता अर्नव गोस्वामीको जीवनमा आधारित सिनेमा बनाउने भएका छन्।

बर्माले लगातार गोस्वामीमाथि आक्रोश पोख्दै ट्वीट गरिरहेका थिए। यसैबीच उनले सोमबार अर्नवमाथि आधारित रहेर सिनेमा निर्माण गर्ने बताएका हुन्। उनले सिनेमाको नाम ‘अर्नव, द न्युज प्रोस्टिच्युट’ हुने बताएका छन्।

निर्देशक बर्माले ट्विट गर्दै भनेका छन्, ‘लगातार उनीमाथि अध्ययन गरेपछि ट्यागलाइन ‘द न्यज पिम्प’ वा ‘द न्युज प्रोस्टिच्युट राख्ने कुरामा मैले सोचेँ। दुवै ठीक हुँदाहुँदै पनि मैले प्रोस्टिच्युट राख्नेमा निधो गरेको छु।’

त्यस्तै, उनको अर्को ट्वीटमा गोस्वामीले आफ्नो सिनेमामा प्रतिक्रिया दिए वा नदिए पनि फरक नपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘मेरो दर्शक अर्नव गोस्वामी नभएर उसका दर्शकहरु हुन्। म उनीहरुलाई अर्नवको वास्तविकता देखाउन चाहन्छु।’

बर्माले केही दिनयता गोस्वामीमाथि आफूलाई चित्त नबुझेको ट्वीटमार्फत बताइरहेका थिए। गोस्वामीले बलिउडलाई जुन तरिकाले प्रस्तुत गरिरहेका छन्, त्यसले आफूलाई निकै निराश बनाएको भन्दै निर्देशक बर्माले निरन्तर ट्वीट गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-08-05 09:09:04

प्रतिकृया दिनुहोस्