अयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भूमिपूजन

एजेन्सी

अयोध्या

अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन सकिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएसका प्रमुख मोहन भागवत, उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र पूजारीले भूमिपूजन गरेका हुन्।

भारतीय समय अनुसार मध्यान्न १२ बजेर ४४ मिनेट ४५ सकेन्डको शुभ साइतमा भूमिपूजन सुरू भएको थियो।

अनुष्ठानमा बस्नुअघि मोदी, भागवत र योगीले राम जन्मभूमि पूजन गरेका थिए ।

त्यसअघि मोदीले रामलला विराजमान अर्थात् श्रीरामको मूर्तिसामु दण्डवत प्रणाम गरेका थिए ।

श्रीरामको दर्शन गर्नुअघि उनले राम जन्मभूमि प्रांगणमा पारिजातको बिरुवा रोपेका थिए ।

घडामा पानी भरेर माटोमुनि पारिजातको जरानजिक राखिनेछ ।

त्यसअघि उनले हनुमानगढीमा पुगेर हनुमानको पूजन गरेका थिए।

#WATCH live: PM Narendra Modi in Ayodhya for #RamTemple foundation stone laying ceremony. https://t.co/yo5LpodbSz

— ANI (@ANI) August 5, 2020
प्रकाशित मिति: : 2020-08-05 13:19:39

प्रतिकृया दिनुहोस्