जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा)काे केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको छ।

महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको यो पार्टीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता विवाद मिल्न बाँकी छ ।

बुधबारबाट सुरु भएको बैठक बढीमा २६ साउनसम्म लम्बिन सक्ने जसपाले जनाएकाे छ।

१० वैशाखमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जसपाले २८ असारमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

प्रकाशित मिति: : 2020-08-05 14:07:55

प्रतिकृया दिनुहोस्