क्यासिलासको सन्यासले बुफोन भावुक, भने– तिमी बिना सबै अर्थहीन हुनेछ (भिडियाे)

अन्तर्राष्ट्रिय फुटबलका महान गोलकिपर गियानलुइगी बुफोन स्पेनका नम्बर एक गोलकिपर इकर क्यासिलासको संन्यासले भावुक बन्न पुगेका छन्। बुफोनले मंगलबार एउटा ट्वीट गर्दै भनेका छन्, ‘तिमी बिना सबै अर्थहीन हुनेछ।’ 

युभेन्ट्सका भेट्रान गोलकिपर बुफोन र रियल मड्रिडका क्यासिलासबीच निकै राम्रो सम्बन्ध छ। यी दुबैले आफ्नो क्षेत्रबाट अन्तर्राष्ट्रिय फुटबलमा ठूलो सम्मान आर्जन गरेका छन्। 

सन् १९९९ मा मड्रिडमा आवद्ध हुँदै ७ सय २५ खेल खेलेका क्यासिलासले मंगलबार एक्कासी फुटबलबाट बिदा लिने घोषणा गरेका थिए। उनले पाँच ला लिगा उपाधि, तीन च्याम्पियन्स लिग मेडल जितेका थिए। 

बुफोन ४२ वर्षको उमेरमा पनि अझैं युभेन्ट्सको पोस्ट सम्हालिरहेका छन्। 

उनले आफूलाई राम्रो गोलकिपर बनाउनुमा क्यासिलासको पनि हात रहेको प्रतिक्रिया दिए। बुफोनले अहिलेसम्म च्याम्पियन्स लिग जित्ने अनुभव प्राप्त गरेका छैनन्। तर, दुबै गोलकिपरले विश्व कप भने जितेका छन्।

प्रकाशित मिति: : 2020-08-05 14:34:49

प्रतिकृया दिनुहोस्