लेबनानमा दुई साताका लागि आपतकाल घोषणा

लेबननको बेरुत शहरमा मंगलबार भएको बिस्फोटमा मर्नेको संख्या सय तथा घाइतेको संख्या ४ हजार पुगेपछि राष्ट्रपति मिचेल ओउनले आपतकाल घोषणा गरेका छन्।
 
बुधबार बसेको मन्त्रीस्तरीय मिटिङपछि राष्ट्रपति ओउनले दुई साताका लागि आपतकालको घोषणा गरेका हुन्। 

राजधानी बेरुतको समुन्द्री तट नजिकैको शहरमा भएको बिस्फोटमा मानवीय क्षति हुनुका साथै केही घर ध्वस्त भएको थियो। 

बिस्फोटको कारण अहिलेसम्म पत्ता लागेको छैन। तर, बिस्फोट ६ वर्षको दौरान पोर्टमा जम्मा भएको २७ सय ५० टन एमोनियम नाइट्रेटका कारण भएको थियो। 

राष्ट्रपतिले कुनै आतंकवादी घटना हुन सक्ने भन्दै रक्षा मन्त्रालयका अधिकारीसँग कुराकानी गरिरहेका छन्। प्रधानमन्त्री हसन दियाबले बुधबारको दिनलाई  ‘शोखको दिन’ मनाउने बताएका छन्।

प्रकाशित मिति: : 2020-08-05 15:13:21

प्रतिकृया दिनुहोस्