रोमालाई हराउँदै सेभिल्ला क्वाटरफाइनलमा

एजेन्सी

काठमाडाैं

सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको अन्तिम १६ को खेलमा राेमालाई २–० ले हराउँदै स्पेनिस कल्ब सेभिल्ला क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।

अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाविरुद्ध सेभिल्लाले पहिलो हाफमै दुई गोल गरेको थियो।

खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए। 

यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै सेभिल्लाको जित सुनिश्चित गरेका थिए।

याेसँगै पाँच पटकको च्याम्पियन सेभिल्लाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ।

सेभिल्ला पछिल्ला १८ खेलमा अपराजित रहेको छ। 

प्रकाशित मिति: : 2020-08-07 05:49:18

प्रतिकृया दिनुहोस्