हलिउड नायिका मिलानोलाई कोरोना संक्रमण

एजेन्सी

वासिङ्टन

अमेरिकी नायिका एलिसा मिलानोलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। तीन पल्ट उनको परीक्षण नेगेटिभ देखिएको थियो। तर, चौथो पल्टमा पोजेटिभ देखिएको ४७ वर्षीय अभिनेत्रीले बुधबार आफ्नो इस्टाग्रामबाट जानकारी दिइन। 

वर्षको सुरुवातमा उनलाई कोभिड–१९ को आशंका गरिएको थियो तर बिरामी हुँदा पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो। 

उनले लेखेकी छिन्, ‘अप्रिल २ मा दुई साताका लागि बिरामी भएका थिए। यस्तो मलाई पहिले भएको थिएन। मैले स्वाद र सुघ्ने क्षमता गुमाएको छु, मलाई आफ्नो छातिमा हात्ति बसेको जस्तो महसुस भइरहेको छ।’

एलिसाले ९ वर्षको उमेरदेखि अभिनयमा पाइला टेकेकी थिइन। उनी राजनीतिक अभियन्ता पनि हुन्। सन् १९८४ देखि हलिउडमा पाइला टेकेकी एलिसाले एक दर्जन बढी फिल्म खेलेकी छिन्। उनलाई सन् २०१६ मा युनिसेफले सम्मान गरेको थियो।

प्रकाशित मिति: : 2020-08-07 13:39:09

प्रतिकृया दिनुहोस्