नेकपा प्रवक्ता नारायणकाजीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालको आपत्ति, पदको मर्यादा जोगाउन आग्रह

प्रधानमन्त्रीका  मुख्य सल्लाहकार विष्णु रिमालले नेकपा प्रवक्त नारायणकाजी श्रेष्ठलाई ‘पदको लाज जोगाउन’ आग्रह गरेका छन् । उनले ट्वीट गर्दै यस्तो आग्रह गरेका हुन्। 

मुख्य सल्लाहकार रिमालले अति नै भएको पनि उल्लेख गरेका छन् । विधि पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न पनि चेतावनी  दिएका छन् । 

रिमालले भनेका छन्, ‘'इन अफ इज इन अफ' र प्रकाश क्षेष्ठ जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ महसूस होस्।'

श्रेष्ठले केहीबेर अघि मात्र आफूनिकट केही सञ्चारमाध्यमका सम्पादक/सञ्चारकर्मी हरुसँग भेट गरी प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारविरुद्ध लागि पर्न आग्रह गरेका थिए ।  यसबाहेक उनले लगातार टेलिभिजन अन्तर्वार्ता दिँदै पार्टी एकता र प्रधानमन्त्रीविराेधी अभिव्यक्ति दिएकाे प्रधानमन्त्री सचिवालयकाे ठम्याई छ ।

मुख्य सल्लाहकारको ट्वीटबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपाली सेवासँग भने, ‘उहाँ पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुख हो तर उहाँ गुटको प्रचार गर्नुहुन्छ । म त्यो विभागको उपप्रमुख हुँ तर विभागमा छलफल र जानकारीबिनै पत्रकार भेला गर्दै हुनुहुन्छ । यो उहाँको गैरजिम्मेवार कार्य हो । ट्वीट यसै विरुद्ध हो । उहाँ पार्टी प्रवक्ता हो, गुटको प्रवक्ता होइन । दुई अध्यक्षको साझा पद हो ।’    

लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
प्रकाशित मिति: : 2020-08-07 12:00:00

प्रतिकृया दिनुहोस्