भोजपुरी अभिनेत्री अनुपमाद्धारा पनि आत्महत्या

एजेन्सी

मुम्बई

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण सेलाउन नपाउँदै टिभी अभिनेता समीर शर्माले केही दिनअघि मात्र आत्महत्या गरेका थिए। अहिले फेरि भोजपरी अभिनेत्री अनुपमा पाठकले पनि आत्महत्या गरेको खबर बाहिर आएको छ। 

४० वर्षकी अनुपमाले २ अगस्टमा मुम्बईको दहिसर क्षेत्रमा रहेको आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेको भारतीय अखबारले जनाएका छन्। 

अनुपमाले आत्महत्याभन्दा अघि फेसबुकमा लाइभ कुराकानी गरेको बताइएको छ। उनले आफ्नो अन्तिम पोस्टमा लेखेकी छिन्, ‘बाय बाय गुड नाइट।’

अनुपमाले १ अगस्टको राती ११ बजेर ४५ मिनेटमा १० मिनेट ४ सेकेण्ड लाइभ गरेकी थिइन। भिडियोमा अनुपमाले आफ्नो निधनको जिम्मेवार आफू स्वयम भएको बताएकी थिइन। उनले घरमा पनि सुसाइड नोट छोडेको बताइएको छ।

प्रकाशित मिति: : 2020-08-07 14:35:32

प्रतिकृया दिनुहोस्