बालगाइड राहुलबाट बुद्ध र तिलौराकोटको पुर्ण जानकारी [भिडियो]

नेपालन्यूज

काठमाडौं

११ वर्षिय राहुल साहानी उमेर वच्चै हुन् तर उनले भगवन बुद्ध, उनको परिवार र तिलौराकोटको बारे ३ मिनेटमै प्रष्ट रुपमा जानकारी दिने गर्छन। अग्रजहरुबाट सबै कुरा सिकेको बताउने राहुलले इतिहासलाई समेत कण्ठस्त बारेर पर्यटकलाई जानकारी दिने गर्छन।

उनी एक मात्र वाल बुद्ध गाइड हुन् । एकताका उनी सामाजिक सञ्जालहरुमा भाइरलनै बने । सबैमा जिज्ञासा समेत रहयो। उनले बुद्धको इतिहासलाई सेकेण्ड पनि नरोकिएर प्रष्ट रुपमा तिलौराकोटको इतिहासलाई प्रष्ट रुपमा दिने गर्दछन्। प्रमाणपत्रधारी गाइडहरु भए पनि उनको जस्तो शैली नभए पछि राहुललाई फुच्चे भाइरल गाइड भन्दै तिलौराकोट पुग्नेहरुले खोजी गर्ने गर्छन। कक्षा–६ मा अध्ययनरत उनी पढाइलाई प्राथमिकतामा राख्ने र भविस्यमा भगवन बुद्धसम्बन्धी खोज अनुसन्धानमा लाग्ने उनले बताए।

प्रकाशित मिति: : 2020-08-07 15:33:54

प्रतिकृया दिनुहोस्