हुम्लाका विद्यालय सञ्चालनमा

सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्।

 कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए।

‘हुम्ला जिल्लामा कोरोना नदेखिएकाले विभिन्न विद्यालयमा विद्यार्थीले शान्त वातावरणमा हिँडडुल गर्न पाएका छन्’ उनले भने। 

अन्य गाउँपालिकामा कोरोना त्रासले विद्यालय सञ्चानलनमा नआएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-08-07 16:12:43

प्रतिकृया दिनुहोस्