सिराहाको लहानमा अति आवश्यकबाहेकका कामकाज बन्द

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहान नगरपालिकाले अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालका अनुसार शुक्रबार राति १२ बजेदेखि आगामी साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय भएको हो।

यो अवधीमा बिहान ८ देखि ११ बजेसम्म अति आवश्यक पसल खोल्ने समय निर्धारण गरिएको उनले बताए।

नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अति आवश्यकबाहेकका सवारी साधन चल्न नदिइने, सबै किसिमका हाट बजार बन्द गर्ने, चिया पसलदेखि कोरोना रोकथामसँग सम्बन्धित काम भएकाबाहेकका सबै होटल र रेष्टुरेन्टसमेत बन्द गर्ने निर्णय भएको उनले बताए।

पछिल्लो पटक लाहान नगरपालिकाभित्र २६ जना कोरोना संक्रमण भएकाे छ। 
 

प्रकाशित मिति: : 2020-08-07 19:54:33

प्रतिकृया दिनुहोस्