चीनमा एक महिलालाई अनौठौ रोग, पेट बढेर १९ किलो

एजेन्सी

बेइजिङ

चिनियाँ एक महिला हुवाङ गुओसियान विगत दुई वर्षदेखि पेटसम्बन्धि अनौठौं रोगबाट पिडित छिन्। यो दुई वर्ष समयमा उनको पेट फुलेर सम्हाल्ने नसक्ने भएको छ। 

उनको पेटको तौल नै १९ किलो पुगेको चिकित्सकहरूले बताएका छन्। पेटको यही समस्याका कारण उनी अहिले हिँडडुल गर्ने अवस्थामा पनि छैनन्। आफ्नो केटाकेटीको हेरचाह पनि गर्न सकिरहेकी छैनन्।

हुवाङ दुई बच्चाकी आमा हुुन्। भन्छिन्, ‘मेरो तौल ५४ केजी छ। जसमा पेटको तौल मात्र १९ किलो छ। यो मेरो शरीरको ३६ प्रतिशत अंग हो। दुई वर्षदेखि म यस्तो अवस्थाबाट पिडित छु। डाक्टरले औषधि दिएपछि दुख्न कम भएको छ। तर, तौल बढ्न कम भएको छैन।’

कमजोर आर्थिक अवस्थाका कारण उनले पहिले जेनतेन उपचार गरेकी थिइन। अब उनी नाम चलेका डाक्टरबाट यसको उपचार गराउन चाहन्छिन्। 

यसका लागि पैसा जुटाउने उद्देश्यले उनले आफ्नो समस्या र फोटो सोशल मिडियामा पोस्ट गरेकी थिइन। अहिले उनको उपचारका लागि करिब सवा तीन लाख रुपैयाँ जुटिसकेको छ। हुवाङ भन्छिन्, ‘यति रुपैयाँमा म उपचार गर्न सक्छुहोला?’

उनलाई पहिले लिभर सिरोसिस, ओवेरियन क्यान्सर, बिनाइन ट्युमर जस्ता रोग लागिसकेका छन्। उनको फोक्सो तथा पेटमा पानी जम्ने समस्या पनि थियो। 

हुवाङलाई घरबाट बाहिर निस्किँदा मानिसहरूले गर्भवती सम्झिने गर्छन्। तर, पेटको बढ्दो तौलका कारण उनलाई समस्या भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-08-08 22:18:15

प्रतिकृया दिनुहोस्