‘परिवारको अवस्था हेरेँ अनि हिँडे’

नेपाल लाइभ

काठमाडौं

सराेज तामाङ

 न त खेलकुदमा लागेकोमा पश्चाताप छ, न त खेलकुद छाडेकोमा नै। खेलकुदमा लाग्दा पनि घरबाट भागेरै खेल्न हिँडेकी हुन्। खेलकुद छाडेर हिँड्दा पनि अभावदेखि भागेरै हिँडिन्। त्यसैले पश्चाताप छ त त्यो अभावको, त्यो संकटको, त्यो दुःखको। 

यो कथा हो तुलसा खत्रीको। जो घरेलु मैदानमा दक्षिण एसियाली खेलकुम्भको रौनक सुरु भइसक्दा अभ्यासस्थलबाटै विदेशिइन्। खेल्दा खैल्दै मैदान छाड्नुपर्दाको अवस्था के होला? त्यो तुलसालाई जति सायदै अरुलाई थाहा छ। 

एथ्लेटिक्स खेलाडी तुलसा खेल छाडेर हिँडिन् रे! का हल्लाहरुमा अपहेलना, गाली, माया, सान्त्वना सँगसँगै कारबाहीका धम्की मिसिएका थिए। सामाजिक सञ्जालका भित्ताहरु बहसको अर्को विषय नपाउँदासम्म रंगिए। कतिले उनको बाध्यतामा माया दर्शाए, कतिले देशमाथिको धोका भन्दै आलोचना गरे। तर तुलसालाई कमैले बुझे। 

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको उद्घाटन हुन दुई दिन बाँकी थियो। केही खेल उद्घाटनअघि नै सुरु भइसकेका थिए। सरकार आफ्नो उपलब्धीमा एउटा बुँदा थप्न तम्तयार थियो। खेल संघहरु पदकको लेखाजोखामा थिए। देश खेलमय थियो। तर आवरणभित्रको पीडा देखिएको थिएन। रंगशालाका झिलिमिलि बत्तीमा खेलाडीका दुःखका अँध्यारा हराएका थिए। 

प्रकाशित मिति: : 2020-08-10 12:28:41

प्रतिकृया दिनुहोस्