आइपिएलको मुख्य प्रायोजकमा भिभोको सट्टा रामदेवको पतञ्जली !

एजेन्सी

मुम्बई

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको मुख्य प्रायोजक बन्ने दौडमा बाबा रामदेवको पतञ्जली सबैभन्द अगाडि देखिएको छ । चिनियाँ मोबाइल कम्पनी भिभोले दुई देशबीचको सम्बन्धमा दरार आएपछि आइपिएलको मुख्य प्रायोजकबाट हात झिकेको थियो ।

आइपिएल २०२० को मुख्य प्रायोजक बन्नका लागि पतञ्जलीले प्रक्रिया अगाडि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पतञ्जलीका प्रवक्ता एसके तिजारावालाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआइलाई प्रस्ताव बुझाउने तयारी गरेको बताएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्षको आइपिएल युएईमा हुने भएको छ। खेल खाली रंगशालामा हुनेछ। भिभोले एक वर्षका लागि ४ सय ४० करोड भारतीय रुपैयाँ खर्च गरेर मुख्य प्रायोजक बनेको थियो ।

बिसिसिआइले यस वर्ष भने ५० प्रतिशत छुट दिएर मुख्य प्रायोजक बन्न सक्ने प्रस्ताव तयार गरेको छ ।

प्रकाशित मिति: : 2020-08-10 14:54:29

प्रतिकृया दिनुहोस्