बुटवलमा भदौ ५ गतेसम्म लकडाउन

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको उपमहानगरको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो। 

बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने बताइएको छ।

उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2020-08-12 19:24:03

प्रतिकृया दिनुहोस्