पाकिस्तानी क्रिकेटर हाफिज ‘सेल्फ आइसोलेसन’मा

एजेन्सी

काठमाडाैं

पाकिस्तानी क्रिकेट टिममा मोहमद हाफिज ‘सेल्फ आइसोलेसन’मा बसेका छन्।

घरेलु टिम इंग्ल्यान्डसँगको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका हाफिजले ‘बायो सेक्युरिटी प्रोटोकल’ नियम उल्लंघन गरेपछि ‘सेल्फ आइसोलेसन’मा राखिएको हो। 

‘बायो सेक्युरिटी प्रोटोकल’ कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनका लागि बनाइएको नियम  हो।

जुन नियम हाफिजले बुधबार तोड्दै बुधबार सामाजिक संजाल ट्वीटरमा एक वृद्ध महिलासँगको फोटो राखेका थिए।

होटल नजिकको गल्फ कोर्षमा खिचिएको उक्त फोटो सार्वजनिक भएपछि हाफिज विवादमा तानिएका थिए।

पाकिस्तानले इंग्ल्यान्डसँग बिहीबारबाट दोस्रो टेस्ट खेल्दैछ। तर, उनी टेस्ट टिम बाहिर रहेका छन्।

पहिलो टेस्टमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो।
 

प्रकाशित मिति: : 2020-08-13 06:32:50

प्रतिकृया दिनुहोस्