प्रधानमन्त्री माेदीसँगै राम मन्दिरमा भूमिपूजन गरेका महन्त नृत्य गोपाल दासलाई काेराेना

भारतको अयोध्यामा केही समयअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी भएका श्री राम जन्म तीर्थ क्षेत्र कोषका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले  गोपालदासलाई काेराेना संक्रमण भएकाे पुष्टि गरेका हुन्। 

भारतीय समाचार संस्था एएनआईका अनुसार गोपालदासलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएको छ। कृष्ण जन्माष्टमीभन्दा पहिला मंगलबार साँझ उनी मथुराको सीता-राम आश्रम पुगेका थिए।

CM has taken details of the health status on Mahant Nitya Gopaldas (in file pic) who has tested COVID19 positive. He has spoken to DM Mathura and to Dr Trehan of Medanta and requested for immediate medical attention for him at the hospital: Chief Ministers' Office pic.twitter.com/w3T8LN9Afz

— ANI UP (@ANINewsUP) August 13, 2020

अयोध्यामा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा उनीभारतका प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएसका प्रमुख मोहन भागवत, उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथलगायतका व्यक्तिहरु सहभागी थिए।

यता नेपालबाट पनि जानकी मन्दिरका महन्त रामतपेश्वर दास उपस्थित भएका थिए। 

कोरोनाका कारण नेपाल–भारतबीचको सीमा बन्द भएको अवस्थामा उनलाई महोत्तरीको मटहानी नाकाबाट प्रहरिकाे दलबलसहित भारत पुर्‍याएकाे थियाे। 

महन्त दासले रामजन्म भूमिमा बन्ने मन्दिरमा जानकी मन्दिरबाट पाँचवटा चाँदीको ईट्टा चढाउने भनेपनि चढाउन नपाएकाे उनले बताएका थिए। 

प्रकाशित मिति: : 2020-08-13 15:35:00

प्रतिकृया दिनुहोस्